इजरायल जाने कामदार छानिए, हेरौँ कति परे ? (सूचीसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २६ आश्विन

काठमाडौं, २६ असोज । इजरायल पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको छ । दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको नतिजा सार्वजनिक गरिएको हो ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य १ हजार ६ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए) लाई सिफारिस गरेको थियो ।

सोमबार पिआइबिएले चिठा प्रणालीबाट छनोट गरेर ११७५ जना कामदार सूची सार्वजनिक गरेको हो । ११७५ कामदारमध्ये ८२१ महिला र ३५४ पुरूष छन् । पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन् ।

छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ ।

प्रतिक्रिया