विष्णुको ‘हङकङ सिटी’मा रमाउँदै लक्ष्मी र तान्छोहाङ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २५ आश्विन

काठमाडौं, २५ असोज । गीतकार विष्णु इङ्नाम लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । लामो समयदेखि हङकङमा बस्दै आएका गीतकार इङ्नामले यसपटक हङकङकै परिवेशलाई समेटेर ‘हङकङ सिटी’ बोलको गीत तयार गरेका छन् । जुन गीतको भिडियो सोमबार गीतकार इङ्नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

‘हङकङ सिटी’ गीतको भिडियोलाई पछिल्लो समय भिडियो निर्देशनमा व्यस्त रणवीर शेर्मा (रवि शेर्मा)ले निर्देशन गरेका हुन् । नेपालमै छायाँकन गरिएको भिडियोमा तान्छोहाङ इङ्नाम, लक्ष्मी योङहाङ लिम्बू र नीतु मादेनले अभिनय गरेका छन् ।
‘हङकङ सिटी’मा स्वर तथा संगीत साक्थिम योङ्याको रहेको छ । चन्दु गोर्खालीको एरेञ्ज, स्माइलुुले लामाको छायाँकन रहेको यस भिडियोलाई इशक जबेगुले सम्पादन गरेका हुन् ।

गीतसंगीतप्रति लगाव राख्दै आएका गीतकार इङ्नामको यो पछिल्लो गीतको भिडियो हो । यसअघि उनका थुप्रै गीत तथा भिडियो दर्शक तथा श्रोतमाझ आइसकेको छ ।

प्रतिक्रिया