‘आईसीसी प्लेयर अफ द मन्थ’ सन्दीपलाई
अखबार टुडे
प्रकाशित:
२०७८, २५ आश्विन

काठमाडौं, २५ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने ‘आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन्’ ।
सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
आईसीसीले गएको बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थका लागि सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याटर जसकरन मल्होत्रा मनोनयनमा परेका थिए । बङ्गलादेशी र अमेरिकी खेलाडीलाई पछि पार्दै सन्दीपले अवार्ड जितेका हुन् ।
गएको महिना ओमान भ्रमणमा ६ खेलमा १८ विकेट लिएर उत्कृृष्ट प्रदर्शन गरेपछि सन्दीप आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका थिए ।

प्रतिक्रिया