बैबाहिक जीवनमा बाँधिए चर्चित हाँस्यकलाकार मनोज गजुरेल
अखबार टुडे
प्रकाशित:
२०७८, २५ आश्विन


काठमाडौं, २५ असोज ।
चर्चित हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले मन्जु पोखरेलसँग विवाह गरेको जानकारी दिएका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् ।


गजुरेलले चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेको र त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन् ।


उनीहरूले विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर विवाह सम्पन्न गरेको बताए ।
पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया