बुटवल, २४ असोज । लुम्बिनी प्रदेशमा सरकारले गठन भएको दुई बल्ल मन्त्रिपरिषदले पूर्णता पाएको छ । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा साउन २८ गते चार दलीय गठबन्धन सरकार बनेको थियो । तर, दलहरुबीच मन्त्रालय र मन्त्रीको भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।
यसअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । दोस्रोपटक ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पु¥याइएको थियो ।
यस्तै, आइतबार नियुक्त भएका मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् । शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ लिएकी छन् ।
त्यस्तै कांग्रेसबाटै बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी सुष्मा यादवले पनि शपथ लिएका छन् ।