मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २४ आश्विन

काठमाडौं, २४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् ।
आज(आइतबार) विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि यसको छिनोफानो दसैंपछि हुने बागमती प्रदेशकी आर्थिक मामिला मन्त्री रचना खड्काको भनाई छ ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।
बागमती प्रदेश सभा एक सय नौ सदस्यीय छ । मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद चाहिन्छ । तर सत्तारूढ नेकपा एमालेसँग जम्मा ४३ जना सांसद छन् ।
बागमती प्रदेशमा आइतबार अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बस्दैछ ।

प्रतिक्रिया