ईपीएल क्रिकेटको उपाधि चितवनलाइ
प्रकाशित:
२०७८, २३ आश्विन
काठमाडौं, २३ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन टाइगर्सले पहिलो पटक उपाधि जितेको छ ।
पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायो । चितवनका भीम सार्कीले ६३ रनको अर्धशतकीय पारी खेले । दीलिप नाथले १८ तथा राजेश पुलामीले १४ रन जोडे । किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । त्यस्तै रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे । चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए ।
उपाधिसँगै चितवनले ५० लाख तथा उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया