बलिउड नायक सुनिल सेट्टीले चलचित्र ‘एक्स ९’ खेल्ने संभावना कति ?
अखबार टुडे
प्रकाशित:
२०७८, २३ आश्विन

काठमाडौं, २३ असोज । बलिउडका सफल नायक सुनिल सेट्टीले चलचित्र ‘एक्स ९’मा काम गर्ने संभावना बढेको छ ।
चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको र मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् ।
वुझिएअनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता हुनेछ । यदि, चलचित्रका लागि सुनिलले संझौता गरेको खण्डमा उनी यो चलचित्रमा मुख्य खेलपात्रको भूमिकामा देखिनेछन् ।
चलचित्रलाई महंगो बजेटमा बनाउने तयारी निर्देशक भट्टको छ । यो चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा चलचित्रमा सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकार फाइनल भैसकेका छन् ।
चलचित्रका लागि अहिले कलाकारहरु जीममा व्यस्त छन् । यो चलचित्रका लागि अनमोल र पुष्पले २० केजी तौल बढाउँदैछन् । चलचित्र ‘एक्स ९’ फ्रेबुअरी महिनाबाट यूरोपका विभिन्न देशमा छायांकन हुँदैछ ।

प्रतिक्रिया