‘द भ्वाइस किड्स’ प्रसारण हुने
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काठमाडौं, २२ असोज । फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट प्रसारण हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा जानकारी दिएको हो । विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स’ नेपालमा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

शुक्रबार हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले शोका प्रायोजक कम्पनीका प्रतिनिधिसँग सहमति पत्रमा हस्ताक्षर गरेका छन् । ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन् ।

प्रतिक्रिया