कुन्दुज सहरको एक मस्जिदमा आत्मघाती विष्फोट हुँदा कम्तीमा ५०को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काबुल, २२ असोज (एजेन्सी) । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुज सहरस्थित एक मस्जिदमा आत्मघाती विष्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले जनाएको छ ।
शुक्रबार प्रार्थना भइरहेको समयमा विष्फोट भएको बताइएको छ । सामाजिक सञ्जालमा गरिएको पोष्टमा मस्जिदभित्र विष्फोटपछि छरप्रस्ट लाश र भत्किएको अवशेषहरु देख्न सकिन्छ ।
यो मस्जिद अफगानिस्तानको अल्पसंख्यक शिया मुस्लिम समुदायले प्रयोग गर्दै आएको थियो । अहिलेसम्म यो आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन भने विष्फोटपछि स्थानीय अस्पतालमा अस्तव्यस्त अवस्था देखिएको बताइएको छ ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा कुन्दुजको मस्जिदमा आत्मघाती विष्फोट भएको र घटनाको जाँचको लागि तालिबानको विशेष दल घटनास्थलमा पठाइएको बताएका छन् ।

सुन्नि मुस्लिमको अतिवादी समूह स्थानीय इस्लामिक स्टेट (आईएस)ले पनि सिया समुदायलाई निशाना बनाउँदै आएको छ । आईएसको अफगानिस्तानको शाखा आईएस–केले हिंसात्मकरुपमा तालिबानको विरोध गर्दै आएको छ । पछिल्लो केही समयमा यो समूहले तालिबानविरुद्ध केही बम आक्रमण गरेको छ ।

प्रतिक्रिया