नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षाअनुसार काम गर्न प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काठमाडौं, २२ असोज । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा शुक्रबार मन्त्री र राज्यमन्त्री गरी १९ जना थपिएका छन् ।

मन्त्रिपरिषले पूर्णता पाएसँगै आजै पहिलो बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिए ।

बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता भन्दै खण्डन गरे ।

प्रतिक्रिया