मालीमा आतङ्ककारी हमला: कम्तीमा सोह्र सैनिक मारिए
प्रकाशित:
२०७८, २२ आश्विन
बामाको, २२ असोज (एजेन्सी) । मालीमा आतंककारीहरुलेको आक्रमणमा परी कम्तीमा पनि सोह्र जना सैनिक मारिएका छन् ।
मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरु नौ जना सेना पनि घाइते भएका बताएको छ ।
मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए । बुधबार यहाँको राष्टिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतंककारीहरुले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।
सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार