ताइवानमाथि चीनको सैन्य प्रभावलाई लिएर अमेरिकाको गम्भीर चासो
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काठमाडौं, २२ असोज । अमेरिकाले ताइवानको आकाश र आसपासको समुद्री क्षेत्रमा बढ्दो चीनको सैन्य प्रभावलाई लिएर चासो व्यक्त गरेको छ ।
ताइवानमाथि चीनको थिचोमिचो बढ्दै गए आफूहरुले पनि सैन्य कदम चाल्न बाध्य हुनुपर्ने दिन आउन सक्ने अमेरिकाले चेतावनी दिएको बीबीसीले खबरमा उल्लेख गरेको छ ।
चीनले लगातार चार दिनसम्म ताइवानको हवाई क्षेत्रमा दर्जनौँ फाइटर जेट उडाएपछि ताइवानले विरोध जनाइरहेको छ । ताइवानले आफूलाई स्वतन्त्र देश बताउँदै आएको छ । तर चीनले भने ताइवानलाई बृहत् चिनको एक महत्त्वपूर्ण अङ्ग मान्दै आएको छ ।
चीन र ताइवानबीच सन् १९४९ देखि विवाद चल्दै आएको छ । विश्वका १५ देशले मात्र ताइवानलाई स्वतन्त्र राष्ट्र मान्छ भने अरु देशहरुले ताइवानलाई चीनको एउटा प्रान्तका रुपमा मान्दै आएका छन् ।

प्रतिक्रिया