विवादित जलमार्ग साउथ चाइना सीमा ‘अज्ञात वस्तु’ सँग अमेरिकी पनडुब्बी ठोक्कियो
अखबार टुडे
प्रकाशित:
२०७८, २२ आश्विन

काठमाडौं, २२ असोज (एजेन्सी) । परमाणु शक्तिले सञ्चालित एक अमेरिकी पनडुब्बी इन्डो प्यासिफिक क्षेत्रको अन्तर्राष्ट्रिय समुद्रमा रहेको बेला ‘अज्ञात वस्तु’ सँग ठोक्किएको अमेरिकाको जलसेनाले बताएको छ ।
विज्ञप्तिमा पनडुब्बी केमा ठोक्किएको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै अमेरिकी अधिकारीहरूले नाम उल्लेख नगर्ने शर्तमा उक्त घटना साउथ चाइना सीमा घटेको र कम्तीमा १५ जना घाइते भएको बताएका छन् ।
बिहीबार संक्षिप्त वक्तव्य जारी गर्दै युएसएस कनेक्टिकटमा सवार कुनै पनि सैनिक गम्भीर रूपमा घाइते नभएको जानकारी दिएका छन् ।
साउथ चाइना सी विश्वको सबैभन्दा विवादित र महत्त्वपूर्ण जलमार्गको रूपमा रहेको छ । चीनले उक्त क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्दै आइरहेको छ ।
उक्त घटना गत शनिबार भएको बताइएको छ । ‘पनडुब्बी सुरक्षित र स्थिर अवस्थामा रहेको छ,’ वक्तव्यमा भनिएको छ, ‘युएसएस कनेक्टिकटको परमाणु प्रोपल्स प्लान्टमा कुनै क्षति पुगेको छैन र सक्रिय अवस्थामा रहेको छ ।’ अलजजिराबाट

प्रतिक्रिया