जैविक इन्धन (बायोभ्टुर जे २.४)को प्रयोग गरी सफल उडान परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

जकार्ता, २१ असोज । इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।
बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताएका छन् ।
उनका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू–यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ ।
उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो । उक्त परीक्षणबाट जेट ब्ज्ञ ईन्धन र व् द्द.द्ध को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ ।
यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताएका छन् ।

प्रतिक्रिया