अन्ततः ‘माया पिरेम’मा साम्राज्ञीको छम्मा-छम्मा (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । अन्ततः अभिनेत्री साम्राज्ञी शाह पनि म्युजिक भिडियोमा देखिएकी छन् । म्युजिक भिडियोमा अभिनय नगर्ने बताउँदै आएकी साम्राज्ञीले ‘माया पिरेम’ बोलको गीतको भिडियो छमछमी नृत्य गरेकी छन् । जुन भिडियो हालै सार्वजनिक भएको छ । भिडियोमा साम्राज्ञीसँगै अर्की मोडल अलिशा शर्माले पनि अभिनय गरेकी छन् ।

कोरोना महामारीसँगै नेपाली फिल्म क्षेत्र थलिएको छ । यो अवस्थामा धेरै कलाकार बेरोजगार भएका छन् । अन्य क्षेत्र सामान्य अवस्थामा आइसकेपनि फिल्म क्षेत्र अझै चल्मलाउन सकेको छैन । यसैबेला कुनै समय म्युजिक भिडियो भन्नेवित्तिकै तर्किनेहरुसमेत धमाधम भिडियोमा देखिन थालेका छन् ।

यससैबेला साम्राज्ञीले ‘माया पिरेम’ गीतको भिडियोमा कम्मर मर्काएकी हुन् । ट्री एन्टरटेन्मेन्टको प्रस्तुति रहेको उक्त गीतलाई विश्व नेपाली र अस्मिता परियारले गाएका हुन् । डीपी खनालको शब्द र शंकर स्माइलले संगीत गरेको उक्त गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया