काडमाडौं, २१ असोज । याक्थुङ सिंगक फाउण्डेशनको पहलमा मिर्गौलापीडित भिमकुमारी निङ्लेखुलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
तेह्रथुम म्याङ्लुङ-८ आङ्बुङकी निङ्लेखु केही समययता मिर्गौला रोगसँग लडिरहेकी छन् । उनको उपचारका लागि ६६ हजार रुपैयाँ प्रदान गरिएको फाउण्डेशनकी अध्यक्ष मीना सिंगकले जानकारी दिइन् ।
उक्त रकम फाउन्डेसनको पहलमा केन्द्र मोसन पिक्चर्स र आर स्क्वायर कलेक्सन बुटिक तथा यूकेमा रहेकी सिर्जना निङ्लेकुलगायतका व्यक्तिमार्फत प्राप्त भएको हो । उक्त रकम एक अनौपचारिक कार्यक्रमबीच माओवादी केन्द्रका केन्द्रीय सदस्य किरणकुमार राई र सैनिक आवासीय महाविद्यालय धरानका उपप्राध्यापक मन्टुजङ राईले हस्तान्तरण गरेका थिए ।
उक्त अभियानमा तुफान सुहाङले ५ हजार सहयोग गरेको फाउण्डेशनकी अध्यक्ष मीना सिंगकले बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण भिमकुमारीले मिगौला उपचारका लागि सहयोगको याचना समेत गरेकी छन् ।