शुक्रवारदेखि भेरोसेल खोपको पहिलो मात्रा, कहाँ कहाँ लगाइँदैछ ?
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । काठमाण्डौ महानगरपालिकाले शुक्रवारदेखि कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । १८ वर्ष माथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा खोप दिइने महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाका ३२ वटा वडा कार्यालयसहित नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिने महानगरपालिकाले जनाएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो परिचय खुल्ने कागजातसहित केन्द्रमा गएर खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार

