१० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेता जोशी एकीकृत समाजवादीमा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ आश्विन

काठमाडौं, २१ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पूर्व वनमन्त्रीसमेत रहेका जोशीलाई बिहीबार समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।
समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।
‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् ।

प्रतिक्रिया