को-को बन्दैछन् माओवादी केन्द्रबाट चार मन्त्री ?
प्रकाशित:
२०७८, २० आश्विन
काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माओवादी केन्द्रको भागमा तीन मन्त्री र एक राज्यमन्त्री परेको छ । नेकपा माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।
माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार