महिला आवाज : ‘महिनावारी रहर होइन, बाध्यता हो’
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

काठमाडौं, २० असोज । ‘महिनावारी रहर होइन, बाध्यता हो’, ‘नो ट्याक्स अन प्याड’, ‘सक्छौ प्याड नि:शुल्क गर नभए कर निशुल्क गर’ बुधबार यस्तै यस्तै नारा लेखिएका प्लेकार्डसहित काठमाडौंको बसन्तुपरमा महिलाहरुको एक समूहले प्रदर्शन गरेका छन् ।

सरकारले महिलाहरुले रजस्वला भएका बेला प्रयोग गर्ने प्याडमा कर लगाएको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । नेपाल टिन लिडर्स नामक संस्थाले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागीले महिलाहरुले सरकारले प्याडमा लगाएको कर हटाउन माग गरेका छन् । प्याडमा सरकारले कर लगाएपछि त्यसको विरोधमा विरोध हुँदै आएको छ ।

प्रतिक्रिया