सिटी सेन्टरको ग्राहकलाई ‘चाडपर्व उपहार योजना’
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

काठमाडौं, २० असोज । कमलपोखरीस्थित सिटी सेन्टरले नेपालीको महान चाडपर्व दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यसहित सिटी सेन्टरले विभिन्न योजना ल्याएको हो ।

किनमेल गर्ने ग्राहकहरुलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालीको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ गते देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले यो योजनामा सामाले हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

शपिङ मलमा आउने ग्राहकलाई डेली लक्की ड्र, शपिङ भौचरका साथै विक्ली लक्की ड्र तथा ग्राण्ड लक्की ड्रमा समावेश गराइने जनाएको छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायतका ठाउँमा रहेको होटलमा खाने बस्ने व्यवस्था प्रदान गरिने सिटी सेन्टरले जनाएको छ ।

यसबाहेक सिटी सेन्टरमा रहेका व्यवसायीले यस अवसरमा ५० प्रतिशतसम्मको छुट, बाइ वान गेट वान फ्रिलगायतका अन्य आकर्षक छुट तथा योजनाहरुसमेत प्रदान गर्ने भएको छ ।

विश्वभरी फैलिएको महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिँदै सरकारीको स्वास्थ्य मापदण्डअनुसार सिटी सेन्टर पुनः सञ्चालनमा आएसँगै यो उपहार योजना ल्याएको हो ।

यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पनदनको मेला समेत सुरु भएको छ । असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्म हल पुनः संचालनमा आउने सिटी सेन्टरले जनाएको छ ।

चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल संचालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त रहेको छ । यो योजना २४ कार्तिक अर्थात छठ पर्वसम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रिया