मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २० आश्विन

महोत्तरी, २० असोज । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । आज (बुधवार) दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन आज प्रदेश सभा बैठक बोलाइएको छ । प्रदेश सभामा एक सय चार सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको सुविधाजनक मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

प्रतिक्रिया