शाहरुखका छोरा आर्यनलाई हिरासतमा राखिने समय लम्बियो
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन


काठमाडौं, १९ असोज । ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अक्टोबर ७ सम्म हिरासतमा राखिने भएको छ ।
आर्यनलगायत अरु सात जनालाई आगामी बिहिबारसम्मका लागि हिरासतमा पठाइएको एनडिटिभीले जनाएको छ ।
खबरमा एन्टी ड्रग्स एजेन्सी (एनसिबी)ले आर्यन खानलाई लामो हिरासतमा राख्नपर्ने बताएका थिए । उनलाई सोधपुछका लागि अक्टोबर ११ सम्म हिरासतमा राखिनु बताएका थिए ।
एनसीबीले अदालतलाई यो प्रकरणमा एउटा अन्तर्राष्ट्रिय कार्टेलको पनि स्पष्ट संलग्नता देखिएको बताएको छ ।
गत आइतबार जहाजमा लागुपदार्थ प्रयोगको सूचना पाएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा पानी जहाजमा मारिएको छापामा उनलाई पक्राउ गरेको थियो ।
नार्कोटिक्स कन्ट्रोल ब्युरोका उच्चअधिकारीको समूहले मारेको छापामा १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमए गोली र ५ ग्राम एमडी लगायत लागुपदार्थ बरामद गरिएको थियो । आर्यन खान विरुद्ध प्रतिबन्धित लागुपदार्थ खरिद गरेको, बोकेको र सेवन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया