माओवादीले पाउने मन्त्रालय टुंगियो
अखबार टुडे
प्रकाशित:
२०७८, १९ आश्विन

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो ।
सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले बताए ।
‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’
यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको ती नेताले बताए ।
बालुवाटारमा मोटामोटी टुंगो लागेको भएता पनि मंगलबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालयको भागवण्डालाई अन्तिम रुप दिइने स्रोतले बतायो । मन्त्रालयको भागवण्डा मिलेपछि दलहरुले आ–आफ्नो पार्टीमा छलफल गरेर मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया