भिटेन ‘रत्नपार्क’मा साइन
प्रकाशित:
२०७८, १८ आश्विन

काठमाडौं, १८ असोज । चर्चित र्यापर समिर घिसिङ (भिटेन)ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका छन् । चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ ।
चलचित्रका निर्माता नवराज गिरीले भिटेन चलचित्रमा काम गर्न लागेको पुष्टी गरे । तर भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन् ।
चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ । नवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो ।
र्यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन् । उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ । नेपाली चलचित्रमा गायकहरुकोे आगमन भैरहेके समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन् ।
प्रतिक्रिया
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त