थप ६७९ जनामा कोरोना पुष्टि
प्रकाशित:
२०७८, १७ आश्विन

काठमाडौं, १७ असोज । गत २४ घण्टामा देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा १,४०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ भने ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ जना रहेका छन् ।
प्रतिक्रिया