शाहरुख खानका छोरा आर्यन ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिए
अखबार टुडे
प्रकाशित:
२०७८, १७ आश्विन

काठमाडौं, १७ असोज । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएका छन् । भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले एउटा जहाजमा आकस्मिक छापा मार्ने क्रममा बलिउड अभिनेता खान पुत्र आर्यन पनि कारवाहीमा परेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार जहाजमा लागूपदार्थ प्रयोगको सूचना पाएपछि एनसीबीका क्षत्रीय प्रमुख वानखेडेसहितका पदाधिकारीले जहाजमा छापा मारेका थिए । कारवाहीमा केहीलाई पक्राउ गरिएको छ भने आर्यनसँग एनबिसीले सोधपुछ गरिरहेको बलिउड हंगामाले लखेको छ ।
छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका मुम्बईबाट गोवा प्रस्थान गरेको थियो । जहाजमा बलिउड, फेसन र व्यापार क्षेत्रका मानिसहरु सवार रहेको जनाइएको छ । तिनैमध्ये एक आर्यन पनि थिए ।
समाचार अनुसार आर्यन विरुद्ध कुनै आरोपमा मुद्दा दर्ता गरिएको छैन । तर उनको मोबाइल एनबिसी अधिकारीले जाँचबुझका लागि नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया