एमालेमा पदाधिकारीको संख्या १५ हुने
प्रकाशित:
२०७८, १७ आश्विन
काठमाडौं, १७ असोज । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासचिव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताएको हो ।
अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए । यसअघि उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।
प्रतिक्रिया