थप ८६७ जनामा कारोना पुष्टि
प्रकाशित:
२०७८, १६ आश्विन
काठमाडौं, १६ असोज । गत २४ घण्टामा देशभर थप ८६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ८ हजार २१९ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, थप १ हजार १२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । थप ९ जनाको मृत्यु गएसँगै अहिलेसम्म ज्यान जानेको संख्या ११ हजार १५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार