आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउँछ : गगन थापा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
शनिबार काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्ने र त्यसका लागि कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औल्याए । नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावी समेत गरेका हुन् ।
नेता थापाले भने, ‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ । त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।’ उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।’ त्यसका लागि कांग्रेसलाई छोटो समयमा सुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ ।’
अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

प्रतिक्रिया