यातायात व्यवसायीद्वारा स्वघोषित भाडाबृद्धि, लागू हुन नदिए आन्दोलन गर्ने चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं, १६ असोज । सरकारले आफुहरुको माग पूरा नभएको भन्दै यातायात व्यवसायीले स्वघोषित रुपमा भाडा बढाएका छन् ।
नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरेपनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफुहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए ।

व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले केही सार्वजनिक सवारीसाधानलाई नियन्त्रणमा लिएको छ । व्यवसायीहरुले भने नयाँ लागू हुन नदिए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

महासचिव नेपालले सबै कुराको भाग बढ्दा पनि यातायात भाडा नबढेकाले लागतका आधारमा भाडा बढाएको भन्दै भाडा बढाएकै आधारमा कारबाही भए कडा आन्दोलन गर्ने बताए ।

महासंघका पदाधिकारीहरु स्वघोषित रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन चोक चोकमा समेत परिचालन भएका थिए । ट्राफिक महाशाखाले भने स्वघोषित रुपमा भाडा बढाउदा यात्रुहरु मर्कामा परेको भन्दै केहीी सवारीलाइ नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया