चीन ताइवान विवादः ३८ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं, १६ असोज (एजेन्सी) । चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । ताइवानले अहिलेसम्मकै ठूलो घटना भएको दाबी गरेका छन् ।
परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
पहिलो लहर अन्तर्गत २५ वटा पिएलएका लडाकु विमान एडिजको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार दिउँसो घुम्दै गएको अवस्थामा भेटिएको उल्लेख छ । त्यस्तै, साँझको समयमा १३ वटा पिएलएका लडाकु विमान यही क्षेत्रमा परिचालन भएको विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना विमान उडाउनुका साथै मिसाइल प्रणाली पनि तैनाथ गरेको जनाएको छ ।
चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । जबकी, ताइवानले आफु सार्वभौम राज्य भएको दाबी गर्छ । आफ्नो भूमिमा चीनले एयरफोर्सको मिसन सञ्चालन गरिरहेको गुनासो वर्ष दिनभन्दा लामो समयदेखि ताइवानले गरिरहेको छ । यता, बेइजिङले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया