निलो कुर्तापछि ‘बेरुवाको औँठी’
अखबार टुडे
प्रकाशित:
२०७८, १६ आश्विन

काठमाडौं । करिब ५ महिनाअघि ‘निलो कुर्ताले’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका गायक लोक पौडेल र गायिका मेलिना राई फेरि एकसाथ नयाँ म्युजिक भिडियो ‘बेरुवाको औँठी’ लिएर आएका छन् ।

यस गीतमा संगीतकार दिपक शर्माको शब्द, संगीत रहेको छ । नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन् । अनिल के. मानन्धरले छायाँकन गरेको भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा फिचर्ड छन् । भिडियोमा रुजु शर्मा र अनिल आचार्यको समेत भिडियोमा अभिनय रहेको छ ।

भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ । बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया