साफ च्याम्पियनसिपमा माल्दिभ्स नेपालसँग पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

काठमाडौं, १६ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । शुत्रबार आफनो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो ।
मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । विशाल राईले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट फिनिसिङ गदैं गोल गरेका हुन ।
नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

प्रतिक्रिया