सर्वसाधारणसँग विवाह गर्दै जापानकी राजकुमारी : को हुन् ती भाग्यमानी राजकुमार ?
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

टोकियो, १५ असोज । जापानकी राजकुमारी माकोले यही अक्टोबर महिनामा बिहे गर्ने भएकी छन् । जापानकै एक सर्वसाधारण युवकसँग प्रेम सम्बन्धमा रहेकी माकोले अहिलेमात्रै बिहेको मिति घोषणा गरेकी हुन् । उनले आफ्ना प्रेमीसँग बिहे गर्ने घोषणा भने यसअघि गरिसकेकी थिइइन् । तर, मिति भने तय भएको थिएन ।

झण्डै एक वर्षअगाडि राजकुमारीले सर्वसाधारण युवकसँग बिहे गर्ने घोषणा गरेपछि त्यतिबेला केही विवाद र चर्चासमेत भएको थियो । उनले बिहे गर्दा पारिवारिक तथा परम्परागत प्रक्रिया भने नअपनाउने भएकी छन् । राजपरिवारका अन्य सदस्यको भन्दा उहाँको बिहे धेरै फरक हुने भएको छ ।

‘राजकुमारी माकोले यही अक्टोबर २६ मा बिहे गर्नुहुने भएको छ’, आधिकारिक शाही स्रोतले भन्यो । स्रोतले माकोको वैवाहिक समारोह, भोजभतेर र अन्य सांस्कृति कथा परम्परागत कुनैपनि गतिविधि नगरिने तय भएको पनि दाबी गरेको छ ।

जापानका सम्राट नारुहितोकी भतिजी माको सन् २०१७ देखि नै एक सर्वसाधारण युवक केइ कोमुरोसँग प्रेम सम्बन्धमा थिए । सर्वसाधारण युवकसँग बिहे गर्न २९ वर्षीया राजकुमारी माकोलाई राजपरिवारले अनुमति दिएपनि कतिपयले भने आलोचना गरेका छन् ।

सर्वसाधारणसँग बिहे गरेपछि उनले शाही उपाधि र सम्मान गुमाएका छन् । राजकुमारी माकोको यो निर्णयबाट राजपरिवारका अधिकांश सदस्य दुःखी भएको जनाइएको छ । उहाँहरु बिहेपछि अमेरिका बस्ने बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया