हरनाज सन्धुलाई ‘मिस युनिभर्स इण्डिया’को उपाधि
प्रकाशित:
२०७८, १५ आश्विन
काठमाडौं, १५ असोज । यस वर्षको ‘मिस युनिभर्स इन्डिया’को ताज हरनाज सन्धुले जितेकी छन् । बिहीबार सम्पन्न प्रतियोगितामा उनले ‘मिस दिवा मिस युनिभर्स इन्डिया–२०२१’मा उक्त उपाधि जित्न सफल भएकी हुन् ।
यस उपाधि जितेसँगै अब सन्धुले इजरायलमा आयोजना हुने ७०औँ ‘मिस युनिभर्स २०२१’मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ । गतवर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् । यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् ।
चण्डीगढकी सन्धु २०१७ टाइम्स फ्रेस फेस मिस चण्डीगढ समेत बनेकी थिइन् । यस्तै, प्रतियोगितामा सोनल कुकरेजा फष्ट रनर अप र डीविता राय सेकेन्ड रनरअप भए ।
प्रतिक्रिया