अदालतको अवहेलना मुद्दामा ४ पूर्व प्रधानन्यायाधीशलाई सफाइ
प्रकाशित:
२०७८, १५ आश्विन
काठमाडौं, १५ असोज । अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतका ४ जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।
पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । उनीहरुलेप्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त वक्तव्य दिएका थिए ।
सोही वक्तव्यले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले ४ पूर्व प्रधानन्यायधीश विद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया