एमाले विधान महाधिवशेन सुरु : ६ हजार प्रतिनिधि सहभागी
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

काठमाडौ, १५ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा पुराना कम्युनिष्ट नेताहरुको तस्बिर राखिएको छैन ।

यसअघि एमालेले आफ्ना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्बिर राख्दै आएको थियो ।
महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया