एमालेमा उपमहासचिव पद खारेज, के छ नयाँ प्रस्तावमा ?
प्रकाशित:
२०७८, १५ आश्विन
काठमाडौं, १५ असोज । नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ । ललितपुरको गोदावरीमा सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो ।
यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ । प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा ३ उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । यद्यपि यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको जोड थियो ।
नयाँ प्रस्तावमा अध्यक्ष –१, उपाध्यक्ष –५, महासचिव –१, सचिव –६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने साथै प्रदेश कमिटीका अध्यक्षहरुलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार