उत्तर कोरियाद्वारा नयाँ एन्टी एयरक्राफ्ट मिसाइलको परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७८, १५ आश्विन

प्योङयाङ, १५ असोज (एजेन्सी) । उत्तर कोरियाले बिहिबार आफ्नो ‘एन्टी एयरक्राफ्ट’ नामक नयाँ मिसाइल परीक्षण गरेको बताएको छ । देशको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार यो नयाँ एन्टी एयरक्राफ्ट मिसाइलले उत्कृष्ट युद्ध क्षमताको प्रदर्शन गरेको छ ।
एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको छ । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।
परीक्षणको विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले यी परीक्षणले अस्थिरता र असुरक्षाको विषयमा थप बढी आशंका पैदा भएको बताउका छन् ।
यस्तै उत्तर कोरियाले भने आत्मरक्षाका लागि हतियारको आवश्यकता भएको बताएको छ । यस्तै, अमेरिका र दक्षिण कोरियामाथि दोहोरो मापदण्ड अपनाएको पनि आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ ।

प्रतिक्रिया