र्यपीएल क्रिकेट : काठमाण्डौलाई हराउँदै चितवन शीर्ष स्थानमा
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डौ किङ्ग्स इलाभेनलाई हराएको छ । आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।
बिहीबार किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले आठ विकेट गुमाएर आठ बल बाँकी छँदै भेटापछि तीन विकेटले विजय भएको हो ।
चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३÷२३ रन बनाए । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुई÷दुई विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डौका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
