अफ्रिताको ‘कस्तो त्यो वेदनाले’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १४ आश्विन

काठमाडौं, १४ असोज । भ्वाइस अफ नेपाल सिजन–३ को सेमी फाइनलिस्ट अफ्रिता खड्गीको पहिलो अफिसिएल म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ ।
गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतमा बाल्यकालको साथी सँगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।
कुलेखानी र ललितपुरमा छायाँकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् । सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा हाङ चेम्जोङको निर्देशन रहेको छ ।

प्रतिक्रिया