थप १,१५७ जनामा कोरोना पुष्टि, १,११३ जना संक्रमणमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । गत २४ घण्टामा देशभर थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी उक्त जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ । हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।

प्रतिक्रिया