फोटो पत्रकार हरि गोपालबाट २ लाख ५० हजारको अक्षयकोष स्थापना
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले आफ्नोे १२औँ केन्द्रीय अधिवेसन तथा २५औं वार्षिकोत्सवका अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

केही दिनअघि सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।

कोभिड–१९ का कारण यसपाली एकैपटक दुई वर्षको पुरस्कार वितरण गरिएको थियो । २०७६ सालको मनोरञ्जन फोटो पुरस्कार नवराज वाग्ले, खेलकुद फोटो पुरस्कार, सत्यम श्रेष्ठ, पर्यटन फोटो पुरस्कार नारायण सिलवाल, संस्कृति सम्पदा फोटो पुरस्कार, शोभा महर्जन, साहसिक फोटो पुरस्कार पूर्णिमा श्रेष्ठ र २०७७ सालको मनोरञ्जक फोटो पुरस्कार कपिल खड्कालाई प्रदान गरिएको छ ।

त्यस्तै, २०७७ को खेलकुद फोटो पुरस्कार उज्जल डंगोल, पर्यटन फोटो पुरस्कार प्रेम थापा, संस्कृति सम्पदा फोटो पुरस्कार, प्रदीप शाक्य र साहसिक फोटो पुरस्कार मुकुन्द कालिकोटेले पाए । राष्ट्रिय फोटो पत्रकार समूहको आगामी वर्षका लागि विभिन्न विधाको पुरस्कार लागि हरि गोपाल प्रधानबाट दुई लाख ५० हजारको अक्षयकोष स्थापना पनि गरिएको छ ।

सोही समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहबाट हरि गोपाल प्रधानलाई ‘वल्र्ड बुक अफ रेकर्ड’मा नाम लेखाउन सफल भएकोमा प्रमुख अतिथि विद्या सुन्दर शाक्यबाट सम्मानित गरिएको थियो ।

सो अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्षमा सागर श्रेष्ठ र सचिवमा मुकुन्द कालिकोटे चयन भएका छन् त्यस्तै केन्द्रीय सदस्यहरूमा घनश्याम श्रेष्ठ, हरिश सिंह नगाल, आर्यन धिमाल, शिला तिमिल्सना, प्रबिण कुलुङ राई, रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया