प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलिले बुधबार छापा मारेको छ ।
आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएकाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेर आवश्यक कागजातहरु नियन्त्रणमा लिएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गर्दै आएको छ ।
सोही साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको प्रवक्ता रसालले बताए । अख्तियार टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याई अनुसन्धानका लागि केन्द्रमा पठाउने बताईएको छ ।

प्रतिक्रिया