ईपीएल क्रिकेटमा पोखराद्वारा ललितपुर ९ विकेटले पराजित
प्रकाशित:
२०७८, १३ आश्विन

काठमाडौं, १३ असोज । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले हराएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा मात्र एक विकेट गुमाएर लक्ष्य भेटाएको हो । मैदान ओसिलो भएका कारण यो खेल सात ओभरमा झारिएको थियो । पोखराको जितमा रिचार्ड लेभीले २२ बलमा अविजित ३८ रन बनाए । बलिङतर्फ ललितपुरका अजमतुल्लाह ओमरजाईले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ललितपुरका लागि सान्दुन विराक्कोदीले १९ रन बनाए । बलिङतर्फ पोखराका नन्दन यादवले तीन, विक्रम सोबले दुई र केसरिक विलियम्सले एक विकेट लिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
