उत्तर कोरियाद्वारा नायँ प्रविधिको ‘हाइपरसोनिक’ मिसाइलको सफल परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७८, १३ आश्विन

प्योङयाङ, १३ आसोज (एजेन्सी) । उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र ‘हाइपरसोनिक’ मिसाइल रहेको जनाएको छ ।
उत्तर कोरियाको ‘ह्वासङ–८’ नामको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी त्याहाँको सरकारी मिडियाले जनाएको हो । साथै सो क्षेप्यास्त्र नायँ प्रविधिको रहेको पनि जनाएका छन् ।

यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । विगत पाँच वर्षमा गरिएको हतियार परीक्षणमा यो निकै महत्वपूर्ण भएको दाबी पनि उत्तर कोरियाले गरेको छ ।

यस्तै उत्तर कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको सो मिसाइल हालसालै निर्माण भएको त्याहाँको सरकारी समाचार समिति केसिएनएले बुधबार जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले हालै मात्र निर्माण गरेको केसिएनएले जनाएको छ ।

गएको जनवरीमा नै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले हाइपरसोनिक मिसाइलका लागि वैज्ञानिकहरुले काम गरिरहेको जनाकारी दिएका थिए ।

उत्तर कोरियाले मंगलबार क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । जापानले सो क्षेप्यास्त्र आफ्नो देशको सीमा भित्रको समुन्द्रमा खसेको बताएको थियो । सो क्षेप्यास्त्र जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा खसेको अनुमान गरिएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन ।

हिजो उत्तर कोरियाले पुनः क्षेप्यास्त्र हानेको समाचारलाई विश्वका समाचार समितिहरूले सम्पे्रषण गरेका थिए । जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको थियो ।

प्रतिक्रिया