‘थेत्लङ’को प्रदर्शन मिति सर्यो
अखबार टुडे
प्रकाशित:
२०७८, १२ आश्विन

काठमाडौं, १२ असोज । किशोर सुब्बा निर्देशित लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’को विशेष प्रदर्शन मिति सरेको छ ।

किराँत याक्थंङ चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा २ अक्टोवरका दिन शनिबार दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्युयोर्कस्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकटसमेत विक्रीवितरण गरिसकेको अवस्थामा महान चाड विजया दशमी र तिहारको तयारीसँगै सबैजना व्यस्त हुने भएकाले विशेष प्रदर्शन रोक्नुपरेको निर्देशक सुब्बाले बताए ।

उनका अनुसार तिहार सकेलगतै चलचित्र प्रदर्शन हुनेछ । दशैँ, तिहारभरी चलचित्रको प्रचारप्रसार र टिकट धेरैभन्दा धेरै दर्शकमाझ पुर्याउँने र प्रयाप्त मात्रामा दर्शक तथा शुभचिन्तकको सहभागिता गराउने उद्देश्य रहेको उनको भनाइ छ । अब यो चलचित्रको विशेष प्रर्दशनी १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हलमा हुनजे भएको छ ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखविर लिम्बुलगायतका कलाकार अभियन रहेको छ ।

यस चलचत्रिको निर्मातामा मनि ताम्लिङ र बिराज लिम्बु रहेका छन् । ओपेरा क्रियशस प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लङ’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

प्रतिक्रिया