सहयात्री फाउन्डेशनद्वारा ‘प्रोजेक्ट ५००’मार्फत स्वास्थ्य सेवा
अखबार टुडे
प्रकाशित:
२०७८, १२ आश्विन

काठमाडौं, १२ असोज । सहयात्री नामक संस्थाले नख्खुस्थित डेस्टिट्युट एन्ड ओर्फन चिल्द्रेन सेफ गार्डिन्ङ फोउन्डेशनमा मेडिकल रुम (बिरामी कोठा)को उदघाट्न गरेको छ । सो कोठामा बिरामी पर्दा आवश्यक पर्ने औषधी र स्वास्थ्य उपकरणको व्यवस्थापन गरिएको थियो ।
३६ जना अनाथ बालबालिका र ४ जना कर्मचारीहरूलाई सामान्य रोगदेखि आकस्मिक स्वास्थ्य समस्याको लागि प्राथमिक उपचारको तालिम पनि प्रदान गरिएको थियो । यस कार्यक्रममा ३ जना चिकित्सक डा. सरिशा श्रेष्ठ, डा. निरञन केसी, डा. आयुशी सिटौला एवं सहयात्रीका स्वयमसेवक ई. सोराज श्रेष्ठ, साईशा श्रेष्ठ, उज्वल राज श्रेष्ठ, आशिश शाह संलग्न थिए ।
कार्यक्रमका व्यवस्थापक तथा सहयात्री संस्थाका अध्यक्ष डा. सरिशा श्रेष्ठले बालगृहका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै ‘प्रोजेक्ट ५००’मार्फत अन्य असाहाय बालबालिका र वृद्धहरूलाई पनि स्वास्थ्य सेवा पुर्याउने र आफ्नो ज्ञान र सीपको सदुपयोग मानवीय सेवा गर्ने प्रतिबद्धता जनाइन् ।
यसअघि पनि उक्त संस्थाले बाढीपहिरोको बेला सिन्धुपाल्चोक, मुस्ताङ, लम्जुङ लगायत स्थानमा औषधी वितरण र स्वास्थ्य शिविरहरू सञ्चालन गरेको थियो ।

प्रतिक्रिया